रारा हाईड्रोपावरले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मेगा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 06:37:09 PM मा प्रकाशित

laxmi  sunrise bank

रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२,००,०००÷– कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । 

आज बैशाख २१ गते बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी  लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 सर्वसाधारणका लागि जारी हुने शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved