अपर हेवाखोला हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 05:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बैशाख २२ गते बिहिबार कम्पनीलाई अनुमति प्रदान गरेको हो । 

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी  १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन गरिने कम्पनीले जनाएको छ। शेयर निष्काशनको लागि  एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved