श्वेतगंगा हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 07:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।

कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म रामेछाप र ओखलढुंगाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गरेको थियो। योजना प्रभावितलाई अति प्रभावित, कम प्रभावित र प्रभावित गरि ३ वर्ग कायम गरिएको थियो ।

जस अनुसार अति प्रभाविततर्फका लगानीकर्ताले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् । अति प्रभाविततर्फ १० कित्तादेखि २२० कित्तासम्मको लागि आवेदन दिने ४ हजार ४ सय ६२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै २१० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने २ हजार ९ सय ९६ जनाले समान रुपमा २०० कित्ता शेयर पाएका छन् । समान रुपमा २०० कित्ता शेयर पाएका  २ हजार ९ सय ९६ जना मध्ये  २ हजार ७ सय ४८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।  

त्यस्तै कम प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम प्रभाविततर्फ १० कित्तादेखि ४० कित्तासम्मको लागि आवेदन दिने १३२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ५० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने १ हजार ८ सय ४ जनाले समान रुपमा ४० कित्ता शेयर पाएका छन् । समान रुपमा ४० कित्ता शेयर पाएका  १ हजार ८ सय ४ जना मध्ये  ४ सय ६० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।  

त्यस्तै प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका छन् । प्रभाविततर्फ १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने ३ हजार ८ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ६० कित्तादेखि ५२ सय कित्तासम्मको लागि आवेदन दिने ४ हजार ८ सय जनाले समान रुपमा ५० कित्ता शेयर पाएका छन् । समान रुपमा ५० कित्ता शेयर पाएका ४ हजार ८ सय जना मध्ये ३ हजार ३ सय ८५ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।  

आईपिओको नतिजा प्रकाशन भएपछि सानिमा क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ । 

कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को बड़ा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको थियो । यो अति प्रभावित क्षेत्र हो ।  

त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को बड़ा नं. ५,६ र ७ र मन्थली न.पा.को बडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को बडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याईएको थियो । यो प्रभावित क्षेत्र हो । 

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अथांत ७९ हजार ६५० कित्ता शेयर छुट्याईएको थियो । यो कम प्रभावित क्षेत्र हो । 

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने छ । 

 कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । 

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved