अपर हेवाखोलाको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 07:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २४ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन्  ।

  आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।  शेयर निष्काशनको लागि  एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि जेठ १० देखि जेठ २४ गतेसम्म  संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निश्क्सहं भईसकेकोले  बाँकी  १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि  निष्काशन हुन लागेको हो। 

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved