अपर सोलु हाइड्रोको आईपिओ बाँडफाँड: ५ जनाले पाए ११ कित्ता शेयर, १७ सय जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 09:24:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो। 

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।   

क्यापिटलका अनुसार आईपिओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए ।  जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ ।  योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । 

जस अनुसार १ लाख ८२ हजर ४७ जनाले मात्र शेयर पाएका छन् । जस मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएका छन् । 

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved