२४ प्रतिशतले बढ्यो एनआईसी एसिया लघुवित्तको खुद नाफा, ईपीएस ३३ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 08:56:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा एनआईसी एसिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा ४७ करोड ४ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ५८ करोड ५६ अर्ब पुगेको हो 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ४.६१ प्रतिशतबाट बढेर १६ अर्ब ३१ करोड पुगेको छ भने निक्षेप २५.२० अर्बले बढेर ३ अर्ब ३५ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह २९.३४ प्रतिशतले बढेर २१ अर्ब ८४ करोड पुगेको छ । कम्पनीको खराब कर्जा भने ०.९३ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ 

१ अर्ब ७३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४० करोड रहेको छ ।  कम्पनीको प्रति सेयर आम्दानी ३३ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved