स्थानीयले रावा इनर्जि डेभलपमेन्टको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 08:35:28 AM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ  ।  कम्पनिले चैत्र २३ देखि स्थानीयलाई आईपिओ निष्कासन गरेको हो  । 

कम्पनीले आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई २ लाख ८० हजार कित्ता शेयर  निष्काशन गरेको हो।  आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved