नयाँ ब्रोकरहरुलाई ६१ नम्बरदेखिको सदस्यता, पूर्वाधार निरीक्षण गर्दै नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 10:34:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ ब्रोकरहरुलाई ६१ नम्बरदेखि सुरु हुने गरि सदस्यता नम्बर प्रदान गर्ने भएको छ ।  हालसम्म ६० नम्बरसम्म ब्रोकरलाई सदस्यता नम्बर प्रदान गरिसकिएकोले अब क्रम अनुसार नै नयाँ ब्रोकरलाई ६१ नम्बरदेखिको सदस्यता नम्बर प्रदान गर्ने तयारी नेप्सेले गरेको हो ।

नेप्सेले केहि समय अघि मात्र नागरिक स्टक डिलरलाई ब्रोकर नम्बर ६० को रुपमा सदस्यता प्रदान गरेको थियो । अब त्यसपछि अनुमति पाउने ब्रोकरले ६१ नम्बरको सदस्यता पाउने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकरी दिए ।

नेप्सेले हाल नयाँ ब्रोकरहरुको पूर्वाधार निरीक्षण गरिरहेको छ । धितोपत्र कारोवार सञ्चालन(तेस्रो संशोधन)विनियमावली, २०७९ मा भएका व्यवस्था अनुसार ब्रोकरहरुले पूर्वाधार तयार पार्नु पर्ने हुन्छ । पूर्वाधार तयार भएसंगै विनियमावलीमा उल्लेख भएअनुसारको आईटीको जनशक्तिपनि नियुक्त गर्नु पर्ने हुन्छ । पूर्वाधार तयार भएपछि  नेप्सेले उक्त प्रणाली परीक्षणको रूपमा जडान गर्न एपीआई प्रदान गर्ने छ । एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपिआई अर्को सदस्यले प्रयोग गर्न पाउने छैन । एपिआई परीक्षण पश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने छ । त्यस अघि मक कारोबार पनि गर्नु पर्छ । नयाँ ब्रोकरहरुले नेप्से कै टिएमएस चलाउने भएका छन्।  

 नेप्सेबाट अनुमति पाएपछि ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता पनि लिनु पर्ने हुन्छ। त्यसपछि बल्ल ब्रोकरहरुले कारोबार गर्न सक्ने छन् । हाल ब्रोकरहरुले कार्यालयको सजावटको काम, कार्यालयमा बोर्ड राख्ने, कर्मचारी व्यवस्थापन गर्ने, पूर्वाधार तयार गर्ने काम गरिरहेका छन् । 

हाल धितोपत्र बोर्डले १८ कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स प्रदान गरेको थियो । जेठ ८ मा लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् । सबै प्रकिया पुरा गरेर यी ७ कम्पनीले असार मसान्त भित्र नै कारोबार थाल्ने तयारी गरेका छन्  । यद्यपि पूर्वाधार तयार पार्न नसकेमा उनीहरुले अर्को आर्थिक वर्षमा मात्रै कारोबार गर्न सक्ने छन्  

त्यस्तै धितोपत्र बोर्डले दोस्रो चरणमा ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ ।  जेठ २२ गते ११ कम्पनीले लाईसेन्स पाएका हुन्।   दोस्रो चरणमा लाइसेन्स पाउनेमा एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., , माछापुच्छ्रे, सेक्युरिटिज लि. ,  के.वि. एल. सेक्यूरिटिज लि, कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिज लि रहेका छन् । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी अर्थात् स्टक डिलर हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved