साताको शेयरबजार: लगानीकर्ताले ४३ प्रतिशतसम्म कमाए, लघुवित्त र फाइनान्समा उच्च आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 09:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता (असार १० देखि असार १३ सम्म) शेयर बजार परिसूचक नेप्से ४.५५ प्रतिशतले बढेको छ। गत साताको अन्त्यमा २०५७.३७  को बिन्दुमा बन्द भएको नेप्से सूचक यस साताको अन्त्यमा ४.५५ प्रतिशतले बढेर २१५०.९९ को बिन्दुमा बन्द भएको छ ।

यस साता नेप्से सूचक ९३.६२ अंकले बढेको हो । यस साता कुल ४ दिन शेयर कारोबार भएकोमा ३ दिन सूचक बढ्यो भने साताको अन्तिम दिन सूचक घट्यो । बिहिबार बकर ईदको सर्वजनिक विदा परेकोले यस साता ४ दिनमात्र शेयर कारोबार भयो ।

यस साता समुहगत सूचकतर्फ सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लघुवित्त समुह सर्वाधिक ११.९२ प्रतिशत बढेको छ ।  त्यस्तै फाइनान्स समुह १०.३५ प्रतिशत, जीवन बीमा समुह १०.१९ प्रतिशत, म्युचुअल फण्ड समुह ४.५६ प्रतिशत, निर्जीवन बीमा समुह ४.२५ प्रतिशत, विकास बैंक समुह ४.१६ प्रतिशत, बैंकिंग समुह ४.१२ प्रतिशत बढेको छ । 

यस साता हाइड्रो समुह सबैभन्दा कम अर्थात् ०.८८ प्रतिशत बढेको छ । त्यस्तै लगानी समुह ०.९९ प्रतिशत तथा होटेल तथा टुरिजम समुह १.३६ प्रतिशत बढेको छ ।  

यस साता कुल २३ अर्ब २५ करोड १४ लाखको शेयर कारोबार भएको छ । जस मध्ये असार १० गते सबैभन्दा धेरै ६ अर्ब ४९ करोडको कारोबार भएको छ भने असार ११ गते सबैभन्दा कम ५ अर्ब ३१ करोडको कारोबार भएको छ ।

यस साता शिवम सिमेन्टको सर्वाधिक १ अर्ब ४२ करोड २८ लाखको कारोबार भएको छ । त्यस्तै सोल्टी होटेलको १ अर्ब १२ करोड १६ लाखको कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको ८५ करोड ३६ लाख तथा हिमालयन डिस्टिलरीको ७२ करोड ७ लाखको कारोबार भएको छ ।

यस साता हिमालयन लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ४३.५३ प्रतिशत बढेको छ भने बिपीडब्लु लघुवित्तको शेयर मूल्य पनि ४३.५३ प्रतिशत नै बढेको छ । सिटी होटेलको शेयर मूल्य ४३.४९ प्रतिशत बढ्दा प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य २९.३४ प्रतिशत बढेको छ । 

यस साता इङवा हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशत घटेको छ । त्यस्तै पाँचथर पावरको शेयर मूल्य ५.९३ प्रतिशत, तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५.७९ प्रतिशत, इस्टर्न हाइड्रोको शेयर मूल्य ४.८३ प्रतिशत तथा , कालिन्चोक दर्शनको शेयर मूल्य ४.६९ प्रतिशत घटेको छ ।  

 यस साता विभिन्न ५ कम्पनीको धितोपत्र  सुचिकृत भएको छ ।  डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई गाभेपछि डिप्रोक्स लघुवित्तको नामको थप शेयर यस साता नेप्सेमा सुचिकृत भएको छ । त्यस्तै यस साता नै आरबिबि म्युचुअल फण्ड २ को इकाई सुचिकृत भएको छ । समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस, महुली लघुवित्तको १४.२५ प्रतिशत बोनस र जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत बोनस पनि यसै साता नेप्सेमा सूचीकरण भएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved