मर्जरपछि सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि, कति तोकियो सुरुवाती मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 08:46:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आज सोमबारबाट सुचारु हुने भएको छ । सीवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्त मर्ज भएपछि सीवाईसी नेपाल लघुवित्तको नामबाट यस अघि नै एकिकृत कारोबार सुरु भईसकेको छ । अब आजबाट शेयर कारोबार सुरु हुन लागेको हो 

हिजो आइतबार आँधीखोलाको तर्फबाट कायम हुन आउने १० लाख ८२ हजार ९ सय कित्ता शेयर सीवाईसी नेपाल लघुवित्तको नाममा सुचिकृत भएको छ । नेप्सेले मर्जरपछिको पहिलो कारोबारको लागि ११७१.८५ रुपैयाँ तोकेको छ । यो मूल्यबाट कम्पनीको कारोबार सुरु हुनेछ । कम्पनीको CYCL सिम्बलबाट नै कारोबार हुने छ । 

१:०.७० को स्वापमा यी दुई लघुवित्त मर्ज भएका हुन् । अर्थात् साविकका सीवाईसी लघुवित्तका शेयरधनीले १०० कित्ता बराबर १०० कित्ता नै शेयर पाउने छन् भने साविकका आँधीखोला लघुवित्तका शेयरधनीले १०० कित्ता बराबर ७० कित्ता शेयर पाउने छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved