धितोपत्र बोर्डको सञ्चालकको रुपमा सुरकृष्ण बैद्यले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 11:48:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको सञ्चालकको रुपमा सुरकृष्ण बैद्यले कार्यभार सम्हालेका छन् । उनले गत जेठ ११ गते सोमबार बोर्डको सञ्चालकको रुपमा सपथ लिएका हुन्  ।

उनी नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै बोर्डमा सञ्चालक भएका छन् । सुरकृष्ण बैद्य नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । महासंघले जेठ २३ गते धितोपत्र बोर्डको  सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको थियो।   बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सञ्चालकको रुपमा बैद्यले असार ११ गते सोमबार सपथ लिएको बताए । 

 यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ धितो बोर्डमा सञ्चालक थिए । हाल अन्जन श्रेष्ठ महासंघमा बरिष्ठ उपाध्यक्ष छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved