पुँजीबजारमा सीकेवाईसी कार्यान्वयनमा आउँदै, लगानीकर्तालाई के हुन्छ फाईदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 12:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ आर्थिक वर्षदेखि केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) कार्यान्वयनमा लैजाने भएको छ ।  सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले साउनदेखि सीकेवाईसी कार्यान्वयनमा लैजाने तयारी गरिएको बताए ।

सीइओ आचार्यका अनुसार सीकेवाईसीको परिक्षण सम्पन्न भईसकेको छ । सीकेवाईसीको युजर एक्सेप्टेन्स टेस्ट (युएटी)  र सुरक्षासँग समबन्धित भल्नेरबिलिटी एसेसमेन्ट एण्ड पेनिट्रेसन टेस्ट (भीएपीटी) पनि सम्पन्न भईसकेको छ । अब साउनबाट पहिलो चरणमा सीकेवाईसी कार्यान्वयनमा लैजाने उनले बताए ।

सीकेवाईसी कार्यान्वयनमा आएपछि अहिले जस्तो लगानीकर्ताले सेवा लिए नै पिच्छे केवाईसी भर्ने झन्झट बेहोर्नु पर्दैन । एक पटक केवाईसी भरेपछि लगानीकर्ताले एउटा युनिक कोड पाउने छन् । र अर्को कुनै संस्थामा सेवा लिनु परे फेरि केवाईसी भरिरहनु पर्दैन । नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएका संस्थाहरुको सेवा लिंदा एक पटक कुनै एउटा संस्थामा केवाईसी भरेपछि अर्को पटक अर्को संस्थामा केवाईसी भर्नु पर्दैन । हालको लागि बैंक तथा वित्तीय संस्थाको हकमा यो सेवा उपलब्ध हुने छैन । यद्यपि निकट भविष्यमा बैंक तथा वित्तीय संस्थालाई पनि समेट्न सकिने सिडीएसले जनाएको छ । 

केवाईसीको सिस्टम बनाउने ठेक्का प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) ले पाएको हो ।  ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरि ति ३ मध्येबाट पिसिएसलाई छनौट गरिएको थियो । सर्टलिस्टमा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाल परेका थिए ।  

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिएको हो । यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । यो लागु भएपछि हाल भईरहेका मल्टीपल डिम्याट एकाउन्टको विवरण स्पष्ट खुल्ने छन्। साथै धितोपत्र बजारमा जहाँ जहाँ केवाईसी भर्नु पर्छ ति स्थानमा एउटै कोड अर्थात् आइडीले नै केवाईसीको काम गर्ने छ । यद्यपि त्यसको लागि १ पटक भने आफ्नो केवाईसी अपडेट गर्नु पर्छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved