नेप्सेले थप १० ब्रोकर कम्पनीलाई दियो आशयपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 08:39:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप १० ब्रोकर कम्पनी आशयपत्र (एलओआई) प्रदान गरेको छ । धितोपत्र बोर्डबाट जेठ २२ गते लाईसेन्स पाएका ११ ब्रोकर मध्ये १० वटाले नेप्सेमा आवेदन दिएकोमा नेप्सेले सबैलाई आशयपत्र दिएको हो ।

नेप्सेले  एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., , माछापुच्छ्रे, सेक्युरिटिज लि., कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिजलाई आशयपत्र प्रदान गरेको हो । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी अर्थात् स्टक डिलर हो । 

यस संगै अब नेप्सेबाट आशयपत्र पाउने ब्रोकरको संख्या १७ पुगेको छ । नेप्सेले पहिलो चरणमा ७ कम्पनीलाई आशय्पत्र प्रदान गरेको थियो ।  पहिलो चरणमा आशयपत्र पाउनेमा  भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् । यी कम्पनीले जेठ ८ मा धितोपत्र बोर्डबाट लाईसेन्स पाएका थिए 

अब आशयपत्र पाएका कम्पनीले नेप्सेले तोके बमोजिमको पूर्वाधार तयार पारि नेप्सेलाई जानकारी गराउनु पर्ने हुन्छ ।  त्यसपछि नेप्सेले पूर्वाधार परिक्षण गरेर कारोबार संचालनको लागि अनुमति प्रदान गर्ने छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ ब्रोकरहरुलाई ६१ नम्बरदेखि सुरु हुने गरि सदस्यता नम्बर प्रदान गर्ने छ ।  हालसम्म ६० नम्बरसम्म ब्रोकरलाई सदस्यता नम्बर प्रदान गरिसकिएकोले अब क्रम अनुसार नै नयाँ ब्रोकरलाई ६१ नम्बरदेखिको सदस्यता नम्बर प्रदान गर्ने तयारी नेप्सेले गरेको हो ।

नेप्सेले केहि समय अघि मात्र नागरिक स्टक डिलरलाई ब्रोकर नम्बर ६० को रुपमा सदस्यता प्रदान गरेको थियो । अब त्यसपछि अनुमति पाउने ब्रोकरले ६१ नम्बरको सदस्यता पाउने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकरी दिए ।

नेप्सेले हाल नयाँ ब्रोकरहरुको पूर्वाधार निरीक्षण गरिरहेको छ । धितोपत्र कारोवार सञ्चालन(तेस्रो संशोधन)विनियमावली, २०७९ मा भएका व्यवस्था अनुसार ब्रोकरहरुले पूर्वाधार तयार पार्नु पर्ने हुन्छ । पूर्वाधार तयार भएसंगै विनियमावलीमा उल्लेख भएअनुसारको आईटीको जनशक्तिपनि नियुक्त गर्नु पर्ने हुन्छ । पूर्वाधार तयार भएपछि  नेप्सेले उक्त प्रणाली परीक्षणको रूपमा जडान गर्न एपीआई प्रदान गर्ने छ । एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपिआई अर्को सदस्यले प्रयोग गर्न पाउने छैन । एपिआई परीक्षण पश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने छ । त्यस अघि मक कारोबार पनि गर्नु पर्छ । नयाँ ब्रोकरहरुले नेप्से कै टिएमएस चलाउने भएका छन्।  

 नेप्सेबाट अनुमति पाएपछि ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता पनि लिनु पर्ने हुन्छ। त्यसपछि बल्ल ब्रोकरहरुले कारोबार गर्न सक्ने छन् । हाल ब्रोकरहरुले कार्यालयको सजावटको काम, कार्यालयमा बोर्ड राख्ने, कर्मचारी व्यवस्थापन गर्ने, पूर्वाधार तयार गर्ने काम गरिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved