नेप्सेको संचालक समितिमा ब्रोकरलाई कारोबार अनुमति दिने र नेप्से ३० इन्डेक्सबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 12:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठकमा नयाँ ब्रोकरलाई कारोबार संचालन गर्न दिने, र नेप्से ३० इन्डेक्सको विषयमा छलफल भएको छ । आज बुधबार बिहान बसेको बैठकमा यी दुई विषयमा छलफल भएको हो ।

छलफल भए पनि बैठकले कुनै निर्णय भने गरेको छैन । बैठकमा सहभागी एक संचालकका अनुसार बैठक चलिरहेको बेला अध्यक्ष भुपाल बराललाई अर्थ मन्त्रालयबाट फोन आएपछि उनी मन्त्रालय गएका थिए । सोहि कारण निर्णय नभएको तर छलफल सकिएकोले माईन्युट लेख्ने काम भने हुन सक्ने स्रोतले जनाएको छ। 

नेपाललाई सम्पति शुद्दिकरणको ‘ग्रे लिष्ट’मा पर्नबाट बचाउन गभर्नरको नेतृत्त्वमा २८ सदस्यीय टोली क्यानडा जाँदै छ। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को मूल्यांकन समूहसँग छलफलको लागि उक्त टोली क्यानडा जान लागेको हो। टोलीमा अर्थ मन्त्रालयका सहसचिव पनि छन् । नेप्सेका अध्यक्ष बराल आफै टोलीमा रहेकोले त्यसकै तयारीको लागि उनलाई मन्त्रालयबाट बोलावट भएको आँकलन गरिएको छ । बराल अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुक हुन् ।

 आजको बैठकले  यस अघि नेप्सेले एलओआई प्रदान गरेका ब्रोकर कम्पनीलाई उक्त बैठकले कारोबार संचालनको लागि अनुमति दिने भनिएको थियो।  नेप्सेले पहिलो चरणमा ७ कम्पनीलाई आशय्पत्र प्रदान गरेको थियो ।  पहिलो चरणमा आशयपत्र पाउनेमा  भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका थिए। यी कम्पनीले जेठ ८ मा धितोपत्र बोर्डबाट लाईसेन्स पाएका थिए । नेप्सेको बुधबार बस्ने संचालक समितिको बैठकले यी मध्ये पूर्वाधार तयारी अवस्थामा पुर्याएका कम्पनीलाई कारोबार संचालनको लागि अनुमति दिने तयारी गरेको थियो ।   

त्यस्तै आजको बैठकले नेप्से ३० इन्डेक्स कार्यान्वयनमा ल्याउने मिति पनि तोक्ने तयारी रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved