धितोपत्र बोर्डद्वारा ब्रोकर नम्बर ५ लाई १० लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 01:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५ मार्केट केक्युरिटिज प्रालिलाई १० लाख जरिवाना गरेको छ । बोर्डले गत जेठ ४ गते कम्पनीलाई कारवाही गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनको पालना नगरेकोले कारवाही गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार उक्त कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेको पाइएको हो ।

उक्त दफामा कम्पनीहरुले  सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन बमोजिम सम्पादन गरेका कार्यहरूको अर्ध बार्षिक प्रतिवेदन उक्त अवधि व्यतित भएको पन्ध्र दिनभित्र बोर्डमा पठाउनु पर्नेछ । कम्पनीले प्रतिवेदन नपठाएकोले जरिवाना गरिएको बोर्डले उल्लेख गरेको छ ।

कम्पनीलाई सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१) को खण्ड (ख) बमोजिम दश लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved