आईपीओको तयारीमा रहेको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 09:47:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २२ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/०८० को मुनाफाबाट  ५ प्रतिशत ( कर सहित ) नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ।

त्यस्तै कम्पनीको सभामा आ.व. २०७९/०८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने , आ.व. २०७९/०८० को वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्। 

 नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी स्थापित यो कम्पनीको पुंजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी छ । कम्पनीले गैर आवासीय  नेपालीलाई लक्षित गरि छिटै प्राथमिक सेयर (आईपीओ)  निष्काशन गर्ने योजना बनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved