फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 10:33:03 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले  साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते  सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण ( वासलात) तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९ / ८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिवाट प्रस्ताव गरिएको यस संस्थाको चुक्ता पूँजीको ७५ प्रतिशतले हुने रु. ८,६०,८०,९४६ (अक्षरेपि आठ करोड साठी लाख असी हजार नौ सय छयालीस मात्र) नगद लाभांश पारित गर्ने ।

४. कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।


विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे अनुसार यस संस्थाको चुक्ता पूँजीको ७५ प्रतिशतले हुने रु. ८,६०,८०,९४६ (अक्षरेपि आठ करोड साठी लाख असी हजार नौ सय छयालीस मात्र) बरावरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी रु. १,१४,७७,४५, ९५६ (अक्षरेपी एक अर्ब चौध करोड सतहत्तर लाख पैतालीस हजार नौ सय छपन्न ) बाट बृद्धि गरी रु. १,२३, ३८, २६,९०२ (अक्षरेपी एक अर्ब तेईस करोड अठतिस लाख छब्बिस हजार नौ सय दुई ) पुऱ्याउने ।

३. सञ्चालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने ।

४. उपरोक्त प्रस्तावहरु बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved