बरुण हाइड्रोपावरको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 08:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभाको विशेष प्रस्तावमा कम्पनी गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि विशेष प्रस्ताव लैजाने भएको छ।

साधारण प्रस्तावमा  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, र आ.व.२०८०/०८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने र संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved