बैशाखमै घट्यो घरजग्गा कारोबार, कारण के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 05:30:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाखमा घरजग्गा कारोबार खुम्चिएको छ । स्थानीय निर्वाचनले बैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको ‘फ्लो’ बढाउने दाबी गरिएकै समयमा बैंकमा तरलता अभाव कायम रहँदा बैशाखमा घरजग्गा कारोबार सुस्ताएको हो । 

एकातिर तरलता अभाव र अर्कोतिर स्थानीय तह निर्वाचनका कारण घरजग्गा किनबेच घट्दा मालपोत कार्यालयबाट संकलन हुने राजश्‍व पनि १६.९६ प्रतिशतले घटेको छ ।

वैशाखमा देशभरका मालपोतबाट घरजग्गा कारोबारका क्रममा हुने विभिन्न शीर्षकवापत ४ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । बैशाखमा जम्मा ४४ हजार ८०३ घरजग्गा किनबेच भएका छन् । 

चैतमा देशभरका मालपोतबाट ७० हजार ८३० घरजग्गा किनबेच भएका थिए । चैतको तुलनामा बैशाखमा ३६.७४ प्रतिशतले घरजग्गा किनबेच घटेको हो । 

चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ५ अर्ब ७५ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो । चैतको तुलनामा वैशाखमा ९७ करोड ६८ लाख रुपैयाँ कम राजश्‍व उठेको हो । 

भूमि व्यस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा रजिष्ट्रेशन शुल्कवापत २ अर्ब ५१ करोड १९ लाख, पूँजीगत लाभकरवापत ९४ करोड ३६ लाख र सेवा शुल्कवापत ७२ करोड ७८ लाख रुपैयाँ संकलन भएको छ ।

स्थानीय निर्वाचनले गर्दा पैसा बैंकबाट निस्कँदा बैशाखमा कारोबार घटेको विभागका अधिकारीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved