थप प्रतिस्पर्धात्मक बन्न सुधारका नयाँ योजना ल्याउने तयारीमा नेपाल बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 29, 2016 | 04:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले आफुहरु पूर्ण प्रतिस्पर्धी भएको निष्कर्ष निकाल्दै थप नयाँ योजना लागू गर्ने बताएको छ। राष्ट्र बैंकले तोके अनुसार पहिलो पटक पुँजी पर्याप्तता अनुपात पुगेपछि बैंकलाई कारोबार विस्तारको बाटो खुलेको हो।

नयाँ अवसर 
आइतबार आयोजना गरिएको बैंकको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले राष्ट्र बैंकको प्राबधान पुरा भएको बताउदै कारोबारमा बिबिधता ल्याएर नाफा बढाउने बताए। कारोबार विस्तार गर्ने क्रममा बैंकले शहर तथा ग्रामीण इलाकामा शाखा विस्तार, सहायक कम्पनी स्थापना, पुँजी बजारमा लगानी लगायत नयाँ भेन्चर सुरु गर्ने बताए।

नेपाल बैंक वित्तीय रुपमा स्वस्थ भएकोले अब बैंकका लागि नयाँ अवसरको ढोका खुला भएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए। 'राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा भएकोले बैंकले नयाँ शाखा खोल्ने, नयाँ ठाउँमा व्यवसाय विस्तार गर्ने, सहायक कम्पनीहरु खोल्ने, सेकेण्डरी मार्केटमा लगानी गर्ने, सूचना र प्रविधिमा आधारित नविनतम सेवाहरु सञ्चालन गर्ने र आम्दानी वृद्धि गर्ने ढोका खुला भएको छ' उनले भने। 

सो अवसरमा शाहले नेपाल बैंकले स्माट बैकिङका लागि पूवार्धार तयार गरेको र नयाँ योजना बनाएर स्वीकृतिको लागि राष्ट्र बैंक पठाएको जानकारी गराए। 'आगामी नोभेम्बरसम्ममा बैंकले भिसा कार्ड सेवा समेत उपलब्ध गराउने छ।' साझा यातायातसँगको सहकार्यमा बस यात्रुलाई ई–टिकटको व्यवस्था समेत गर्न लागिएको छ । यस्तो सेवाले बैंकको ग्राहक वृद्धि र आम्दानी वृद्धिमा उल्लेख्य सहयोग गर्ने शाहले बताए । 


बैंकको वित्तीय अवस्था 
गत आर्थिक बर्षमा बैंकले ३ अर्ब १ करोड नाफा आर्जन गरेर सबै भन्दा बढी कमाउने बैंक बनेको छ। 'सम्पती बिक्रिबाट पुगेको योगदान १ अर्ब १४ करोड मात्र हो, त्यस बाहेक नियमित सञ्चालनबाटै १ अर्ब ८६ करोड रुपैयाँ नाफा भएको हो' सो अवसरमा बैंकका सीईओ शाहले बताए। 

बैंक गत आर्थिक बर्षमा ६२ करोड ९३ लाख रुपैंया खराब कर्जा उठाउन सफल भएको थियो । बैंकले नेपाल इन्सुरेन्स , तारागाउँ रिजेन्सी होटलको शेयर र अन्य स्थानमा रहेका घरजग्गा बिक्रि गरेपछि कमाई बढेको हो। 

त्यस्तै गत आर्थिक बर्षमा बैंकले संचालन मुनाफा ६ प्रतिशतले बढाएको थियो भने खुद ब्याज आम्दानी ४३ प्रतिशतले बढाउन सफल भएको थियो। जसकारण पनि बैंकको मुनाफा उच्च सुधार देखिएको हो। 

त्यस्तै बैंकले यस अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा समेत लोभलाग्दो प्रगति गरेको विवरण पेश गरेको थियो। बैंकले यस अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

रणनितिक साझेदार  
सो अवसरमा बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने, ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई दिने तयारी गरिरहेको बैंकका अध्यक्ष जनार्दन आचार्यले बताए । ‘नेपाल बैंकलाई निजीकरण गर्ने र एसेट म्यानेजमेन्ट कम्पनी खडा गर्ने वित्तीय क्षेत्र सुधार कार्यक्रमको प्रमुख लक्ष्य हुन्, त्यसमा अहिले पनि परिवर्तन भएको छैन’ सरकारको प्रतिनिधित्व गर्ने बैंकका अध्यक्ष आचार्यले भने।  

बैंकलाई रणनीतिक साझेदारी ल्याउन बाटो खुल्ने सम्भावना प्रबल बन्दै गएको छ। हाल ६२. २१ प्रतिशत सरकारी स्वामित्व रहेको बैंकको बिशेष साधारण सभाले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागी २३.७३ प्रशितत हकप्रद शेयर जारी गर्ने प्रस्ताब पारित गरेको छ। 

सरकारले हकप्रदका लागी लगानी गर्ने नगर्ने बारे टुंगो लागी नसकेको सो अवसरमा बताइएको छ। यदी सरकारले हकप्रदमा लगानी नगरेको अवस्थामा हकप्रद लिलाम बढाबढ गरी बिक्रि गर्ने बैंकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै सीईओले भने ‘सरकारलाई चिठ्ठी पठाइसकेका छौं, लगानी भएन भने पनि हकप्रद शेयर बोलकबोलबाट बिक्री गर्ने छौं,’ 

बोलकबोलबाट हकप्रद बिक्रि भएको अवस्थामा सरकारको स्वामित्व ५० दशमलव २८ प्रतिशतमा झर्ने छ। यस्तो अवस्थामा बैदेशिक रणनितिक  साझेदारहरुलाई भित्र्याउने बाटो खुला हुने जानकार बताउछन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved