१९ प्रतिशतले बढ्यो विद्युत् महशुल, हेर्नुस अब कसले कति तिर्नुपर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

bijuli mahashul rate new

विद्युत् महशुल निर्धारण आयोगले बिजुलीको महशुल दर १९ प्रतिशतसम्म बढाएको छ । आयोगको बिहिबार बसेको बैठकले साउनदेखि लागु हुने गरी बिजुलीको महशुल दर बढाएको हो।

१९ प्रतिशतले महशुल दर बढाएसंगै विद्युत् प्राधिकरणको वार्षिक आम्दानी ५ अर्ब रुपैयाँ बढ्ने छ । आयोगले सुख्खायाम र वर्षादमा गरी मौसमी महशुल दरका अतिरिक्त न्यूनतम शुल्क समेत तय गरेको छ ।

विद्युत् प्राधिकरण अर्बौ रुपैयाँ नोक्सानमा गएकोले महशुल दर बढाउन गर्दे महशुल दर बढाउन प्रस्ताव गरेपछि आयोगले यस्तो निर्णय गरेको हो । प्राधिकरणको संचित नोक्सान बढेर ३० अर्ब रुपैयाँ पुगिसकेको छ ।

विद्युत् प्राधिकरणको अर्बौ नोक्सानीमा रहेको भन्दै महशुल दर बढाउन आयोगले यस्तो निर्णय गरेको हो। हाल विद्युत् प्राधिकरणको संचित नोक्सानी बढेर ३० अर्ब रुपैयाँ पुगिसकेको छ।

आयोगका अध्यक्ष जगतकुमार भुुसालले प्राधिकरणले १८.३५ देखि बढीमा १९ प्रतिशतसम्म महशुल बढाएको जानकारी दिएका छन। उर्जा मन्त्रालयले हाल तोकिएको दर भन्दा बढी दरमा महशुल दर बढाउन भनेपनि प्राधिकरणले आफ्नो हिसाबले मूल्य बढाएको उनले बताए।

आयोगले प्रस्तावित ग्राहस्थ महशुल दरलाई ७ वर्गमा विभाजन गरेको छ । जसमा न्यूनतम शुल्क दर पनि तोकिने व्यवस्था प्रस्तावित महशुल दरमा गरिएको आयोगले जनाएको छ। त्यस्तै न्यूनतम शुल्क ३० रुपैयाँदेखि १७५ रुपैयाँसम्म प्रस्ताव गरिएको छ । उद्योगलगायत विभिन्न क्षेत्रको महशुल दर फरक रहेको आयोगले जानकारी दिएको छ ।

प्रस्तावित नयाँ महसुल दर ३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ, ५१ देखि ५० युनिटसम्मलाई ११ रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ, १५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट १२ रुपैयाँ र १२५ रुपैयाँ शुल्क, २०१ देखि ४ सय युनिटसम्मलाई १३ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ र ४ सयदेखि माथिलाई प्रतियुनिट १४ रुपैयाँ र न्यूनतम शुल्क १७५ रहेको आयोगले जनाएको छ ।

२० युनिटसम्म बिजुली खपत गर्ने साना उपभोक्ताले अब प्रतियुनिट ३ रुपैयाँ महशुल दरका अतिरित्त न्यूनतम शुल्क ३० रुपैयाँ तिर्नु पर्ने भएको छ । हाल २० युनिट खपत गर्ने साना उपभोक्ताले १० रुपैयाँ बढी महशुल दर तिर्नुपर्ने हुन्छ । हाल ८० रुपैयाँ कायम छ।

आयोगले प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि बढीमा १४ रुपैयाँसम्म महशुल दर प्रस्ताव गरेको छ । आयोगले उद्योगमा लिदै आएको डिमाण्ड शुल्क पनि बढाएको छ ।

गत वर्ष आयोगले १३.७ प्रतिशत महशुल वृद्धि निर्णय गरेपनि सर्वोच्च अदालतले रोक्न अन्तरिम आदेश दिएपछि कार्यन्वयनमा आउन सकेको थिएन। तर अहिले सर्वोच्चले महशुल बढाउन बाटो खुला गरिसकेको छ ।

०७९ असारमा २० प्रतिशतले महशुल बढाएको आयोगले विद्युत खरिदविक्रीदेखि वितरणसम्म प्रतियुनिट २ रुपैयाँ ४९ पैसा नोक्सान भइरहेको जनाएको छ।

बढाईएको दर अनुसार  २० युनिटसम्म बिजुली खपत गर्ने साना उपभोक्ताले प्रतियुनिट ३ रुपैयाँ महशुल दरका अतिरित्त न्यूनतम शुल्क ३० रुपैयाँ बनाइएको छ । हाल २० युनिट खपत गर्ने साना उपभोक्ताले १० रुपैयाँ बढी महशुल दर तिर्नुपर्ने हुन्छ । हाल २० युनिट सम्म खपत गर्नेले ८० रुपैयाँ तिर्ने गरेका छन् ।

Create column charts

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved