नेपाल बैंकका सेवाग्राहीलाई खुसीको खबर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाई नेपाल बैंक लिमिटेडका सेवाग्राही हुनुहुन्छ ? त्यसो भए तपाईका लागि खुसीको कुरा छ  ।

बैंकले प्रविधिलाई पच्छ्याउदै मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ ।  मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक र एफवान सफ्ट इन्टरनेसनलवीच सम्झौता भएको छ ।

सम्झैतापत्रमा नेपाल बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र एफवान सफ्टका मार्केटिङ् डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गरेका थिए ।

यो मोवाइल बैंक सेवावाट ग्राहकले व्यालेन्स इन्क्वाइरी, कारोवार भएको जानकारी, फण्ड ट्रान्सफर भएको जानकारी पाउनेछन् । त्यस्तै ग्राहकले  रिचार्जकार्ड किनेर नेपाल टेलिकम, एनसेल, ब्रोडलिङ्क, डिसहोमको पैसासमेत तिर्न सक्नेछन्। नेपाल बैंकका ग्राहकले इसेवा फोनपे नेटवर्कको सदस्य भएका ४० वटा बैंकसंग अन्तरबैंकिङ कारोवार गर्न सकिने र आफ्नो इसेवाको खातामा समेत पैसा जम्मा गर्न सकिने जनाइएको छ ।

नेपाल बैंकले देशभरीमा १२६ वटा शाखा सञ्चालनमा छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved