एनएमबि बैंकका सीईओ पौडेलको कार्यकाल फागुनसम्म, नयाँ सीईओको जिम्मेवारी केसीलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2016 | 04:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रप्रसाद पौडेलको कार्यकाल फागुन ३० सम्मका लागि थप गरिएको छ। कात्तिक ११ मा बसेको बैंकको संचालक समितिको बैठकले सीईओ पौडेलको कार्यकाल फागुन ३० सम्म थप गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स हुँदादेखि सीईओको जिम्मेवारी हेर्दै आएका पौडेलले फाइनान्सलाई स्तरोन्नति गराएर क वर्गको एनएमबी बैंक बन्नमा महत्वपुर्ण योगदान दिएका छन। हाल पौडेल बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनका अध्यक्ष समेत हुन। 

कात्तिक ११ मा बसेको संचालक समितिको बैठकले हाल उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका सुनिल केसीलाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। केसीले चैत १ देखि सीईओको जिम्मेवारी सम्हाल्ने जनाइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved