भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा कुन-कुन ठाउँका सवारीसाधन प्रभावित ? हेर्नुहोस विस्तृतमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2016 | 06:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय राष्ट्रपति प्रणब मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आगमनमा केहि असहजता आउने भएकाले तोकिएको समयमा बैकल्पिक सडक मार्गको प्रयोगका लागि ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

फाइल फोटो

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताएका छन्।

कात्तिक १७ गते

बिहान ११:३० देखि अपराह्न २ बजेसम्म

गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग भएर चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

अपराह्न १ देखि ३ बजेसम्म

केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

अपराह्न १:४५ देखि ३:४५ बजेका अवधिमा गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।

साँझ ६:३० देखि बेलुकी ८:३० बजेसम्म

गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

दोस्रो दिन, कात्तिक १८ गते

बिहान ९ देखि ११ बजेसम्म

बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

बिहान १० देखि अपराह्न २ बजेसम्म

बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने जनाइएको छ ।

अपराह्न ४ देखि साँझ ६ बजेसम्म

बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

साँझ ५ देखि बेलुकी ७ बजेसम्म

सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।

साँझ ६:३० देखि बेलुकी ८:३० सम्म

बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

८ देखि राति १० बजेसम्म

बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।

भ्रमणको तेस्रो दिन, कात्तिक १९ गते

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन ।

बिहान ९ देखि ११ बजेसम्म

बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सर्वसाधारणको सवारीलाई सहजता
राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा सर्वसाधारणको सवारी आवागमनलाई जति सक्दो सहज बनाउने प्रयास प्रयास गरिरहेको प्रहरी नायब महानिरीक्षक अर्यालले बताएका छन। भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारी साधनको आवागमन ठप्प हुन सक्ने जनमानसमा रहेको भय गलत भएको उनको दाबि छ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको ‘ट्राफिक एफएम’बाट १०/१० मिनेटमा सवारी ‘अपडेट’ दिइने भएकाले सोहीअनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गरे । त्यस्तै प्रहरीको मोबाइल एप्स र फेसबुक पेजमा सवारी आवागमनबारे सूचना दिने व्यवस्था मिलाइएको तथा १०३ मा डायल गरेर समेत जानकारी लिन सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सवारी नभएको अन्य मार्गमा भने सवारी आवागम नरोकिने उनले स्पष्ट परेका छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved