साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य स्थिर छ । बिहिबार प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी भने प्रति तोला ९ सय १० रुपैयाँका दरले कारोबार भईरहेको छ।
नेपाल सुनचांदी व्यवसायी संघले आज शुक्रबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ८० रुपिया कायम गरेको छ।