एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’ सुविधा, रु २०० मा ४०० मिनेट अननेट टक टाइम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2016 | 05:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले आफ्ना ग्राहकहरुका लागी ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् ।

एनसेलको उक्त योजना अन्तर्गत ग्राहकले कर सहित मात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । जस अन्तर्गत ग्राहकले कर सहित मात्र ५० पैसा प्रति मिनेटको दरमा अर्को एनसेल नम्बरमा कल गर्न सक्नेछन।

यो योजना सोमबारदेखि स्थायी सेवाको रुपमा लागु हुने एनसेलले जनाएको छ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्ने छन। आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्ने जनाइएको छ।

ग्राहकले आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्ने छन। यो प्याक सुचारु भएको दिनदेखि ३० दिनको लागी मान्य हुने कम्पनीले जनाएको छ। प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा प्रति मिनेट कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ ।

मासिक भ्वाइस प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिने छ। आफ्ना ग्राहकहरुलाई सुविधा दिने क्रममा एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक सुविधा पनि उपलब्ध गराउदै आएको छ।   
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved