बाग्लुङ्ग र अर्घाखाँचीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2016 | 06:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ। बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले उक्त क्षेत्रमा सेवा विस्तार गरेको बैंकले जनाएको छ। 

सो अवसरमा एक कार्यक्रमबीच व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पिओएस मेसिन हस्तान्तरण गरि शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरिएको हो। बाग्लुङ्ग जिल्लाको भिमगिठेमा सेवाको संचालनका लागि स्थानिय व्यवसायी हरिचन्द्र खत्रि तथा अर्घाखाँची जिल्लाको ठुलापोखराका लागी धनिश्वर पाण्डेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। 

सो क्षेत्रमा सेवा विस्तारसंगै बैंकका शाखारहित बैंकिङ्ग सेवा ४२ पुगेका छन। देशभर बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यले बैंकले सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ।

हालसम्म बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved