घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2016 | 06:16:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियमको मूल्य घटाएको छ। मंगलबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियमको मुल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ। 

निगमको अनुसार पेट्रोलि प्रति लिटर २ रुपैयाँ सस्तो भई ९७ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेल २ रुपैयाँले सस्तो भई प्रति लिटर ७३ रुपैयाँ कायम गरिएको छ।

लपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँले सस्तो भएको निगमले जनाएको छ। यस अघि प्रति सिलिन्डर १४ सय रुपैयाँमा उपलब्ध भएको ग्यास अब भने १३ सय ७५ रुपैयाँमा पाइने निगमले जनाएको छ।

केहि समय अगाडी नै विश्व बजारमा कच्चा तेल सस्तो भएपनि नेपाल आयल निगमले ढिलो गरी मूल्य समायोजन गरेको हो। भारतीय आयल कर्पोरेशनले घटेको दररेट निगमलाई पठाएपछि पेट्रोलियमको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved