नेपाल क्लियरिङ्ग हाउस र ज्योति बिकास बैंकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 04:32:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस र ज्योति बिकास बैंकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबारे सम्झौता भएको छ। सम्झौतामा ज्योति बिकास बैंकका   तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।  

सम्झौता अनुसार ज्योति बिकास बैंकलाई क्लियारिंग हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आइपीएस  प्रणाली उपलब्ध गराउने छ । उक्त प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीमा आबद्द सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकहरुले रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट गर्न सक्नेछन् । 

यस बैंकसँगको सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ६२ सदस्यहरु आवद्ध भएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved