बीमा समितिले जारी गर्यो निर्देशिका २०७३, संचालकको दुई कार्यकाल, डीभी र पीआरधारी अयोग्य 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2016 | 03:53:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा समितिले यस अघिको निर्देशिका २०६९ खारेज गरी संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ जारी गरेको छ। जारी २०७३ निर्देशिकाले प्रमुख कार्यकारी नियुक्तिदेखि संचालक नियुक्तीसम्मको व्यवस्थालाई हेरेफेर गरेको छ। 

संचालकको कार्यकाल र अधिकार  
नयाँ निर्देशिकाले संचालकलाई केहि कडाई गरेको छ। निर्देशिका २०७३ ले निरन्तर संचालक बन्ने परिपाटीको अन्त्य गर्दै सञ्चालकको अधिकत्तम दुई कार्यकाल रहने व्यवस्था गरेको छ। चार बर्ष अवधिको एक कार्यकाल रहने संचालक दोस्रो पटक पनि संचालक बन्न पाउने भएको छ।

सञ्चालकहरुको एकाघर परिवारको स्वामित्वमा रहेको वा उनीहरुको फर्म, कम्पनीसंग घर भाडामा लिएर कारोबार गर्न नपाइने गरि निर्देशिकाले बन्देज लगाएको छ । सञ्चालकले पद छाडेको कम्तिमा एक वर्षसम्म सोही संस्थाको शेयर, डिवेञ्चर किनबेच गर्न नपाउने भएका छन् । त्यस्तै सञ्चालकको पद रिक्त भएको ३५ दिन भित्र नयाँ नियुक्ति हुनु पर्ने व्यवस्था गरिएको छ।  

प्रमुख कार्यकारी नियुक्ति र सुविधा 
निर्देशिका २०७३ प्रमुख कार्यकारीको हकमा केहि लचिलो देखिएको छ। नयाँ व्यवस्था अनुसार बीमा क्षेत्रको व्यवस्थापन तहमा ५ बर्ष काम गरेको व्यक्ति पनि प्रमुख कार्यकारी अधिकृत हुन पाउने छ। यस अघि बीमा क्षेत्रको व्यवस्थापन तहमा १० बर्ष काम गरेको ब्यक्ति मात्र प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्था थियो।

त्यस्तै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब संस्थामा सबैभन्दा कम तलब खाने कर्मचारीको  तलबभन्दा अधिकत्तम २५ गुणासम्म हुन सक्ने व्यवस्था गरेको छ । २५ गुणा अधिकतम तलबका लागी औचित्य पुष्टि गर्नु पर्ने छ। यस अघिको निर्देशिका २०६९ अनुसार प्रमुख कार्यकारी अधिकृतको तलब अधिकतम १५ गुणासम्म हुन सक्ने व्यवस्था थियो।

निर्देशिका २०७३ अनुसार बीमा, ब्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरी बीमा क्षेत्रको व्यवस्थापन तहमा ५ बर्ष काम गरका ब्यक्ति प्रमुख कार्यकारी हुन पाउने छन। यस अघि स्नातकोत्तर गरेर १० बर्ष बिमा क्षेत्रमा अनुभव भएको ब्यक्ति मात्र प्रमुख कार्यकारी हुन पाउने व्यवस्था थियो । 

त्यस्तै नयाँ व्यवस्थाले चार्टर्ड एकाउन्टेन्टलाई पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन पाउने बाटो खुला गरेको छ।

अन्य संसोधन गरिएका व्यवस्था
प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव अलग अलग हुनु पर्ने व्यवस्था पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृतले कम्पनीको कामले विदेश भ्रमण गर्नुपरेमा पनि सञ्चालक समितिको अनुमति लिनुपर्ने छ। 

त्यस्तै कम्पनीहरुको सञ्चालक हुनसमेत शैक्षिक योग्यता तोकिएको छ । अब स्नातक उत्तिर्ण ब्यक्ति मात्र सञ्चालक हुन पाउने छ। नयाँ निर्देशिकाले  विदेशी मुलुकको स्थायी आवासीय अनुमति, डीभी, पीआर पाएका व्यक्ति बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनबाट बन्देज गरेको छ।   

पुरै निर्देशिका यहाँ पढ्नुहोस: 

https://drive.google.com/file/d/0B_DuiQTi97XUbXZBNmstMklnUUk/view?usp=sharing

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved