बढी कर तिर्नेमा बाणिज्य बैंकको बर्चस्व, २० अर्ब आयकर बुझाएको एनसेल अग्रस्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2016 | 08:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षमा सरकारलाई बढी आयकर बुझाउने कम्पनीमा वाणिज्य बैंकहरूको बर्चस्व देखिएको छ । बढी आयकर तिर्ने २५ ठूला कम्पनीमा १७ वटा वाणिज्य बैंक छन् । अघिल्लो वर्षजस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर एनसेलले बुझाएको छ भने दोस्रोमा सरकारी स्वामित्वको नेपाल टेलिकम छ ।

बैंकिङ क्षेत्रबाहेक क्षेत्रगत आधारमा बढी आयकर बुझाउनेमा एनसेल र नेपाल टेलिकम तथा व्यापारिक फर्ममध्ये सरकारी लगानीको नेपाल आयल निगम तथा निजी क्षेत्रको सिपर्दी ट्रेडिङ छन् । यस्तै मदिरा तथा सुर्तीजन्य उद्योगहरू गोर्खा बुअरी र सूर्य नेपाल अगाडि छन् । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पनि बढी कर तिर्ने कम्पनीमा परेको छ । ऊर्जा क्षेत्रको हिमाल पावर पनि बढी कर तिर्ने कम्पनीको सूचीमा रहेको आजको कारोबार दैनिकमा समचार छ।

स्वामित्व परिवर्तनमा लाभकर नतिरे विवादमा आएको एनसेलले सरकारलाई आयकरबापत मात्र २० अर्ब बुझाएको छ । यस्तै दोस्रो स्थानमा रहेको कम्पनीमा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ आयकर तिरेको छ । सरकारलाई बढी आयकर बुझाउने १७ बैंक सबैले गत आर्थिक वर्षमा आफ्नो मुनाफा अर्बभन्दा बढी गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved