सवारी लाइसेन्सका लागि योग्यता र उमेर हद तोकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2016 | 09:29:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला दिनहरुमा बढ्दो दुर्घटनालाई व्यवस्थापन गर्न यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर र योग्यता तोक्ने गृहकार्य सुरु गरेको छ। 

सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्न बिभागले गृहकार्य गरी लाइसेन्सका लागी उमेर बढाउने प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने तयारी गरेको छ। 

बिभागले पेश गरेको सो प्रस्ताव सम्बन्धित निकाय र सरोकारवालासंगको छलपलपछि मन्त्रालयले ऐन परिमार्जनका लागी क्याबिनेट बैठकमा लैजाने बताइएको छ। 

१६ बर्षको उमेरमा लाइसेन्स लिएकाहरुले सवारी चलाउदा दुर्घटना अत्यधिक भएको र धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको बताउदै विभागले सामान्य ट्राफिक ज्ञानको अभाब पनि बढ्दो सवारी दुर्घटनाको कारण रहेकाले ऐन संसोधनको पहल थालनी गरिएको जानकारी दिएको  छ। 

अहिले १८ वर्षकाले चार पांग्रे तथा २१ वर्ष उमेरकाले जुनै सवारी साधन चलाउन सक्ने व्यवस्था रहेकाले अब ठुलो सवारी साधनको लाइसेन्सका लागी २५ बर्ष उमेर हुनुपर्ने गरि ऐन संसोधन गर्न लागिएको बिभागले जनाएको छ । 

त्यस्तै ऐन संसोधन भएपछी कक्षा १० पास भएकाले मात्र लाइसेन्स लिन पाउने छन। सवारी र ट्राफिक सम्बन्धि ज्ञान लिनका लागी लाइसेन्स होल्डर कम्तिमा पनि अक्षर बुझ्न सक्ने हुनु पर्ने भन्दै बिभागले शैक्षिक योग्यता नै तोक्ने तयारी गरेको जनाएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved