उद्योगपती चौधरी 'एसियन म्यान अफ द इयर' बाट सम्मानित, पुननिर्माणको कामको कदर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 02:17:41 AM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी 'एसियन म्यान अफ द एयर' बाट सम्मानित भएका छन। अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले भूकम्पपछि चौधरी फाउण्डेसनले गरेको पुननिर्माणको कामको मुल्यांकन गर्दै उनलाई यो अवार्ड प्रदान गरेको हो। 

न्यूयोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित वी केयर फर ह्युम्यानिटी’ को तेश्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा चौधरीलाई उक्त सम्मान प्रदान सम्मान प्रदान गरिएको हो। 

सो संस्थाले मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, भारतीय नेतृ तथा तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति रोजालिया आर्टिगालाई विभिन्न विधाबाट सम्मान गर्दै अवार्ड प्रदान गरेको छ। 

सन २०११ मा स्थापना भएको ‘वी केयर फर ह्युम्यानिटी’ को प्रमुख कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। मानवताबादको बारेमा जागरुकता फैलाउने र विश्वभर मानवीयता कायम राख्ने संस्थाको लक्ष्य रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved