पेट्रोलियम आपूर्ति सहज बनाउन प्रधानमन्त्रीको 'निर्देशन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 02:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा देखिएको ईन्धन अभावबारे आपूर्तिमन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राखेका छन।
सोमबार प्रधानमन्त्रीले आपूर्तिमन्त्री बोहरालाई टेलिफोन गरी बजारमा देखिएको ईन्धनको अभावबारे चासो राखेका हुन। 

प्रधानमन्त्रीले भने ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।’

टेलिफोनमा प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराए। जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा ईन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने तयारीमा लागेको जानकारी दिए। 

'नाकाबन्दीको झल्को' दिने गरी केहि दिन यता पेट्रोलपम्पहरुमा लाइन लाग्न थालेको छ। निगमले बिदाका कारण उपत्यकामा इन्धन आपूर्तिमा केहि समस्या देखिएको बताइरहे पनि यो समस्याको मुख्य कारण न्यूनतम पारिश्रमिकको माग राख्दै पेट्रोलियम मजदुरहरुले २९ साउनदेखि आन्दोलन रहेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved