शिखर शुको दशैं–तिहार योजना, जेन्स शुको खरिदमा लेडिज स्यान्डल उपहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 07:49:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको फुटवेयर ब्राण्ड शिखर शुले दशैँ तिहारलाई लक्षित गरी बिशेष योजना ल्याएको छ। कम्पनीले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का’ नामक योजना सार्वजनिक गरेको हो। 

यो योजना अन्तर्गत शिखर ब्राण्डका हरेक १५ सय रुपैयाँ(एमआरपी) वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकहरुले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ उपहार पाउनेछन् । यस प्रकारको योजनाबाट ग्राहक तत्काल लाभान्वित हुने भएकाले बिक्रिमा थप उत्साह थपिने कम्पनीको विश्वाश छ। 

कम्पनीले सु अब कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब छ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टी समेत दिदै आएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved