घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 09:05:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला   ५९ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५८ हजार ७ सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार  ४ सय ५०  मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।  बुधबारको तुलनामा यो १० रुपियाँले घटी हो  ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३  सय २५   तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार १  सय १०  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९  रुपियाँ  रहेको छ ।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved