काठमाडौं महानगरकी उपमयेर खड्गीमाथि आक्रमणको प्रयास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 03:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । महानगरपालिले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

व्यवसायीले उपमेयर खड्गी केही हप्ताअघि मात्रै आएर निर्माणधिन अवस्थामा रहेका सटरको अवलोकन गर्न आएको समेत खुलासा गरेका छन् । उपमेयरमाथि आक्रोशित हुँदै आक्रमणमा उत्रिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खुलामञ्च अतिक्रमणको विषयमा चौतर्फी आलोचना भएपछि काठमाडौँ महानगरले शनिबार दिउँसो ठेकेदारले नियम विपरित बनाएका ५२ वटा सटर डोजर परिचालन गरेर भत्काएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved