नेपाल कम खुशी हुने देशको सूचीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 03:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरू दैनिकरूपमा कम सकारात्मक अनुभव गर्नेहरू मध्येमा पर्ने एउटा अध्ययनले देखाएको छ । संसारका १४० देशका १ लाख ५० हजार भन्दा बढी मानिसहरूमा गरिएको अध्ययनमा नेपाल कम सकारात्मक अनुभव गर्ने राष्ट्रहरूको सूचीमा छैठौं स्थानमा छ ।

वार्षिक ‘ग्यालप ग्लोबल इमोशन्स रिपोर्ट’ले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरूबारे सोध्ने गर्छ । ग्यालपका अनुसार अफगानिस्तान, बेलारूस, यमन, टर्की र लिथुएनिया सबैभन्दा कम सकारात्मक अनुभव गरिने देशहरू हुन् । दक्षिण एशियाको बांग्लादेश पनि सो सूचीमा आठौं स्थानमा रहेको छ ।

कम सकारात्मक अनुभव हुने देशहरूमा राजनीतिक वा आर्थिक वा अन्य कुनै प्रकारको उथलपुथल भइरहेको अध्ययनमा बताइएको छ ।

एक हजार जनामा अध्ययन

अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन् । सहभागीहरूलाई के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो ?, के तपाईँलाई सम्मानजनक व्यवहार गरियो ? भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन् ।

ग्यालपले नेपालमा गत वर्ष जून २२ देखि जुलाई २३ सम्म १,००० जना मानिसहरूसँग प्रत्यक्ष भेटेर नेपाली भाषामा सोधिएको प्रश्नको जवाफको आधारमा सो नतिजा निकालेको हो ।

खुशी कम, तनावग्रस्त धेरै 

विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको सो अध्ययनले देखाएको छ । उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन् । 

प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो ।

सकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

पाराग्वे

पानामा

ग्वाटेमाला

मेक्सिको

एल साल्भाडोर

नकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

चाड

नाइजर

सियरा लियोगन

इराक

इरान

ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन् । ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो । 

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन् । चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन् ।

चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ । ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ । अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ ।

(बिबिसी)

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved