इमान्दार उम्मेद्वारले चुनाव जित्ने वाताबरण बनाउँछुः आयुक्त थपलिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 12:59:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचन ‘मनि’ ले नभई ‘माइन्ड’ ले जित्ने वातारबण बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । विद्यानगर सेवा समाजले गरेको अभिनन्दन स्वीकार गर्दै थपलियाले पैसा भएकाले चुनाव जित्ने तर इमान्दारिता र निष्ठावाला उम्मेदवारले पैसा नभएकै कारण चुनाव हार्ने प्रवृतिको अन्त्य गर्नेतर्फ आफु केन्द्रित हुने बताए । 

उनले निर्वाचनमा तलमाथि भएको ठाउँमा भ्रष्टाचारको मात्रा बढ्ने भएकाले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने आफनो प्रयत्न रहने बताए । 

पूर्व नायव महान्याधिवक्ता सूर्यप्रसाद कोइरालाले थपलियाको क्षमताको प्रशंसा गर्दै राम्रो मान्छेलाई ठूलो जिम्मेवारी आउने भएकाले सफलतापूवर्क जिम्मेवारी बहन गर्न शुभकामना दिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved