सातदिनभित्र बस टिकट काउन्टर हटाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 02:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा राखिएका बस टिकट काउन्टर हटाउने भएको छ । जथाभावी रुपमा राखिएका टिकट काउन्टरले  सवारी साधनको आवागमनमा समस्या परेकोले सात दिनभित्र काउन्टर हटाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।   

जील्ला प्रशासन कार्यलय र महानगरिय प्रहरीले नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक र परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको  थियो ।  महानगरले सवारी आगमनमा समस्या भएपछि जथाभावी रुपमा उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा राखिएका टिकट काउन्टर सातदिनभित्र हटाउने भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अगुवाइमा पछिल्लो समय उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तीन महीने सुधार योजना कार्यान्वयन गर्ने भएको छ । उक्त योजना अनुरुप बसपार्क पुलमुनिको सडक अतिक्रमण पनि हटाउने भएको हो ।

नयाँ बसपार्क पुलमुनिको टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरेर करिडोर खोल्ने निर्णय भइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।  महाशाखाले तोकिएको समय बाहेक टिपरलाई उपत्यका प्रवेश निषेध गरेको अवस्थामा टिपर तथा ट्रकको प्राविधिक जाँचपासका गरिनेछ । भक्तपुर नाकाबाट २० र कलङ्की नाकाबाट २० सवारी साधनलाई ट्राफिक प्रहरीको लिखित पास अनुसार प्राविधिक जाँचपासका लागि स्वीकृत दिने भएको हो । 

विभिन्न जिल्लाबाट काठमाडौँ भित्रिने सवारी साधन नयाँ बसपार्क नगई आफूखुशी विभिन्न स्थानमा रोकिने भएकाले यसलाई कडाइ गरिने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा टिकट जारी नगरे कारवाही गरिने  जनाइएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved