बजेट अधिबेशन आजबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 08:26:58 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बजेट अधिवेशन आज वैशाख १६ गतेबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १६ गतेको लागि संघीय संसदको दुवै सदनको अधिबेशन आह्वान गरेकी हुन्  । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिबेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।


बजेट अधिबेशनको पहिलो बैठक १६ गते दिउँसो ४ बजे बस्ने छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र यस अघिको अधिबेशन समाप्त भएपछि निधन भएका पुर्व सांसदको शोकमा शोक प्रस्ताव पारित गर्ने कार्यसुची रहेको छ   । 


यसै अधिबेशनमा बजेट पेश हुनुअघि प्रि बजेट छलफल हुनेछ। साथै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छिन  । नीति तथा कार्यक्रम बैशाख २० गते पेश हुने भएको छ । आगामी जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षा ७६/७७ को बजेट पेश गर्ने छन। डा खतिवडाले पेश गर्ने यो दोस्रो बजेट हुनेछ । 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved