बजेट निर्माण प्रक्रियामा नेपाली कांग्रेसको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 12:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको बजेट अधिवेशन आज वैशाख १६ गतेबाट सुरु हुदै छ ।  बजेट अधिबेशनको पहिलो बैठक सोमबार दिउँसो ४ बजे बस्ने छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र यस अघिको अधिबेशन समाप्त भएपछि निधन भएका पुर्व सांसदको शोकमा शोक प्रस्ताव पारित गर्ने कार्यसुची रहेको छ   । 


यसै अधिबेशनमा बजेट पेश हुनुअघि प्रि बजेट छलफल हुनेछ। साथै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छिन  । नीति तथा कार्यक्रम बैशाख २० गते पेश हुने भएको छ । आगामी जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षा ७६/७७ को बजेट पेश गर्ने छन। डा खतिवडाले पेश गर्ने यो दोस्रो बजेट हुनेछ । 


तर यस पटक सरकारले प्रि बजेट छलफल अगाडी नै नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यसमा आपत्ति जनाएको छ।   नेपाली कांग्रेस संसदीय दलको आइतबार सिंहदरबारमा बसेको बैठकले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताको समेत विरुद्ध हुने निष्कर्ष निकाल्दै आपत्ति जनाएको हो। कांग्रेसले पहिले प्रि–बजेट छलफल, त्यसपछि नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याउन सरकारलाई सचेत पनि गराएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved