‘सार्क चेम्बर अफ कमर्स’को बैठक चन्द्रागिरिमा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 06:37:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक काठमाडौंमा सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सबै देशबीच सहकार्य गर्ने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । 

बैठक सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी÷व्यवसायीहरुले कसरी मिलेर अघि बढने भन्ने विषयमा केन्द्रित रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । 

बैठकमा सार्क राष्ट्रका उद्योगीहरुबीच क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि छलफल हुनेछ । 

कार्यक्रममा सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गर्न सार्कका सदस्य राष्ट्रका उद्योगीलाई आग्रह गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved