संसदमा मिनेन्द्र रिजालको प्रश्न ‘४० दिनमै ८ सय किलोमिटर सडक पप्पुले बनायो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 12:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले लोकतन्त्रलाई भुलेर वर्तमान सरकार समाजवादको सपना बाँड्दै हिँडेको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतवार संसदमा बोल्दै नेता रिजालले सरकारलाई संघीयता कमजोर बनाउने खेलमा नलाग्न सुझाव दिएका छन् । 

‘लोकतन्त्र शब्दसँग सरकारलाई घृणा लागेको हो ?’, रिजालले प्रश्न गरे । ‘सरकार धुलोमुक्त काठमाडौँ भन्दैछ तर मान्छे हाँस्दैछन्’, उनले भने, ‘सरकारले पनि जनता हँसाउने काम गर्दैछ, यो कस्तो रमिता हो ?’ 

सरकारले गलत तथ्यांक दिएर जनतालाई ढाँटेको रिजालको आरोप छ । ‘४० दिन अगाडि ८ सय किलोमिटर सडक पिच गरेको भन्ने सरकार ४० दिनपछि १६०० किमि सडक बनाउँछ’, उनले भने, ‘४० दिनमै ८ सय किलोमिटर सडक पप्पु कन्ट्रक्सनले बनायो कि क्या हो ?’ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved