सत्तापक्षका उपेन्द्र र बिपक्षका बाबुरामको एकता आज, राजपासँग समान हैसियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 08:40:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच आज एकता हुदै छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र वहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमबीच आज एकता घोषणा हुन लागेको हो  । 

डा भट्टराई र यादवबीच शनिवार पार्टी एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।  एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिने भएको छ । सत्तारुढ नेकपामा जस्तै भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

पार्टी एकीकरण भएपछि यादवले सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई मात्रै सांसद छन् । एकता पनि बन्ने  समाजवादी पार्टी नेपालको १७ सांसद हुने छन् । संसदमा राजपाको पनि समान १७ सिट नै छ । एकता संगै राजपा र समाजवादी पार्टी नेपालको सिट संख्याको आधारमा समान हैसियत कायम हुने भएको छ । 

यस्तो थियो सहमतिपत्रः


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved