ब्यापारी र स्थानियले ठप्प पारे बौद्ध जोरपाटी सडक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 10:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बौद्ध ब्यापार संघले बौद्ध जोरपाटी सडक खण्ड ठप्प पारेका छ । विभिन्न मागहरु राख्दै संघ र स्थानीयवासी मिलेर बुधबार बिहान एक घटना सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा चाबहिलबाट जोरपाटीतर्फ जाने र जोरपाटी तर्फबाट चाबहिलतर्फ आउने सवारी प्रभावित भएका छन् ।

उक्त सडक खण्ड पिच गरिनु पर्ने, धुलो र हिलोबाट मुक्त पारिनु पर्ने, विश्व सम्पदाको संरक्षण गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले सडक बन्द गराएका हुन् । पटक पटक ध्यानकर्षण गराउंदा पनि माग पुरा नभएको भन्दै संघको नेतृत्वमा स्थानीयले सडक नै बन्द गराएका हुन् । बिहिबारबाट आन्दोलनका थप दबाबमुलक कार्यक्रम सार्बजनिक गरिने संघले जनाएको छ ।

लामो समयदेखि उक्त सडक खण्ड पिच हुन् सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved