मिनी संसदमा पुर्व र बहालवाला अर्थमन्त्रीको जुहारी, खतिवडाले पढाए 'जीडीपी' को पाठ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 04:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७५-७६ को बजेटको सुझाब लिन संघीय संसद अन्तर्गतको अर्थ समिति पुगेका अर्थमन्त्री ड़ा युबराज खतिवडाले तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थतन्त्रको गति नाप्न सिकाएका छन। 

बेरोजगारी गरिबीमा ध्यान दिएर लागू हुन सक्ने र कार्यन्वयन गर्न सक्ने गरि मात्र बजेटमा कार्यक्रम ल्याउन 'बिज्ञ अर्थमन्त्रीको ध्यानाकर्षण' गराउछु भन्दै पुर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिले अर्थतन्त्रको गति के हो भनेर प्रश्न गरे। 

पछि आफ्नो पालोमा बोल्दै अर्थमन्त्री खतिवडाले ‘अर्थतन्त्रको गति अहिले ७ प्रतिशत पुगेको छ माननिय ज्यू, अर्थतन्त्रको प्रगती नाप्ने भनेको जीडीपी ले हो भन्ने यहाँलाई थाहा नै होला' भन्ने जवाफ फर्काए।

लगत्तै अर्थमन्त्री खतिवडाले डिपीआर नभएको आयोजनालाई अब बजेट नै नदिनलाई अर्थसमितिबाटै निर्देशन आए आफुलाई काम गर्न सहज हुने धारणा व्यक्त गरे। लगत्तै पूर्वअर्थमन्त्री कार्कीले ‘आफुलाई सहज हुने विषयमा मात्र निर्देशन नमाग्नुहोस्, अरु विषयको निर्देशन पनि पालना गर्नुहोस्।’ भन्ने जवाफ दिए। 

कार्कीको प्रश्नमा भुईंमा खस्न नपाउदै अर्थमन्त्रीले भने,‘माननियजी आफै अर्थमन्त्री हुनु भएको त्यो बेला कति कार्यान्वयन गर्नुहुन्थो ? हामी त्यो भन्दा बढी नै गर्छौ।’

नेकपा नेतृत्त्वमा सरकार गठन हुनुअघि ज्ञानेन्द्र कार्की अर्थमन्त्री थिए। कार्की अर्थविद भएको भए या उनिसंग अर्थतन्त्रको बारेमा जानकारी भएको भए मिनी संसद मानिने अर्थसमितिको छलफलमा थप बहस र चर्काचर्की हुने त्यहाँ उपस्थित पत्रकारले अनुमान लगाएका थिए। 'अर्थमन्त्री भईसकेका ब्यक्तीलाई अर्थतन्त्रको गति जीडीपीले नापिन्छ भनेर सिकाउनु अर्थमन्त्री खतिवडाको हेपाहा प्रवृति हो तर कार्कीले आफुलाई हेपेको हो भन्ने हेक्का नै राखेनन नत्र चर्काचर्की हुन्थ्यो होला' एक पत्रकारको अनुमान थियो।  



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved