बाबुराम भट्टराईलाई अर्थमन्त्रीको जवाफ, 'स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट ल्याउने हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 11:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष ड़ा बाबुराम भट्टराइले पार्टी भन्दा देशको हितलाई सम्झेर बजेट ल्याउनलाई अर्थमन्त्री ड़ा युबराज खतिवडालाई सुझाब दिएका छन। 

ड़ा भट्टराइले  राजनीति र अर्थतन्त्रलाई सन्तुलनमा राखेर बजेट निर्माण गर्न गाह्रो हुने बताउदै देशलाई सम्झेर अनपपुलर बजेट ल्याउनलाइ सुझाब दिए। केन्द्रमै केन्द्रित भएको राष्ट्रिय गौरबको आयोजना पनि अव्यवस्थित भएको भन्दै ड़ा भट्टराइले विकास निर्माणलाइ अघि बढाउन सार्वजनिक खरिद ऐनको संसोधन तत्कालै गर्नुपर्ने बताए। त्यस्तै ड़ा भट्टराइले प्रदेश प्रदेशबीच पनि बिकास निर्माणमा सन्तुलन राख्न र सबै निर्वाचन क्षेत्रलाई उत्तिकै महत्त्व दिनलाई सुझाब दिएका छन। 

सुझाब लिन पुगेका अर्थमन्त्री ड़ा खतिवडाले स्वार्थ भएका समुहको नभई राष्ट्रको गौरब बढाउने आयोजना आफ्नो प्राथमिकतामा पर्ने जवाफ दिएका छन। आफुले ल्याउन लागेको बजेट राजनीति र अर्थतन्त्रबीचको अर्थ राजनीति प्रकृतिको रहने ड़ा खतिवडाले समितिमा बताएका छन। पुर्व प्रधानमन्त्रीले अघि भनेझैं बजेट भनेको पोलिटिकल पपुलारिजम र इकोनोमिक रियालिजिमको सन्तुलन हो' उनले भने, 'अर्थ राजनीतिक अर्थशास्त्र त हो, तर अर्थ राजनीतिक बढी हो, राजनीतिक एजेन्डालाई आर्थिक स्रोतले भ्याउनेहदसम्म पपुलिष्ट भएर कार्यन्वयन गर्न सक्ने गरि जाने कुरा हो, यसरि अघि बढ्ने सोचमा हो।'  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved