भाडादर समायोजन गर्न ट्याक्सी व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 06:24:01 PM मा प्रकाशित

laxmi  sunrise bank

टयाक्सी व्यवसायीले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दवाव दिएका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल टयाक्सीको भाडा दर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उनले ७ वर्षमा धेरै मूल्य बृद्धि हुँदा पनि सरकारले टयाक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति जनाए । 

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले पनि टयाक्सीको भाडा दर समायोजन हुने बताएका छन् । टयाक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै टयाक्सी संचालन गर्न सचेत गराउँदै उनले भाडादर चाँडै समायोजन हुने आश्वासन दिए । 

‘टयाक्सीको भाडा दर समायोजनसम्बन्धि समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालले भने, ‘तर टयाक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर टयाक्सी संचालन गरिदिनुपर्यो ।’ यातायात व्यवस्था विभागले टयाक्सीको बैज्ञानिक भाडा दर निर्धारण गर्न समितिनै बनाएर कामलाई अघि बढाएको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved