भदौ अन्तिम साता फर्निचर एक्स्पो आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 04:10:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी भदौ अन्तिम साता काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुने भएको छ । भदौ २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको यो सातौ संस्करण हो । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानका अनुसार मौलिक, परम्परागत र आधुनिक शैलिका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन एक्स्पो उचित गन्तव्य हुने विश्वास व्यक्त गरे । एक्स्पोमा डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । 

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको संघको आँकलन छ । अहिले ५० प्रतिशतभन्दा बढी फर्निचर विदेशबाट आयात भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved